२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

१५.४० अंकले ओरालो लाग्यो सेयर बजार


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 8.8K
    SHARES

  • images
    १५.४० अंकले ओरालो लाग्यो सेयर बजार


    काठमाडौं । सेयर बजार पुन ओरालो लागेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार पुन ओरालो लागेको हो । सोमबार १५.४० अंकले ओरालो लागेको सेयर बजार १९४८.५७ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको छ । 

    यसदिन ८१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १५७ कम्पनीको ओरालो लागेको छ भने ३ वटाको सेयर मूल्य स्थिर रहेको छ । आइतबार तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार फेरि ओरालो लागेको हो । तर, कारोबार रकममा भने वृद्धि भएको छ । 

    लामो समयपछि आइतबार सेयर बजारमा उछाल आएको थियो । आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो । यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend