२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 एनएमबी बैंक र एनआईसी एसिया बैंकले घटाए ब्याजदर


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 9.8K
    SHARES

  • images
     एनएमबी बैंक र एनआईसी एसिया बैंकले घटाए ब्याजदर


    काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकले पुस १ गते देखि लागू हुनेगरी नयाँ ब्यजादर सार्वजनिक गरेका हुन् । एनआईसी एसिया र एनएमबी बैंकले मंसिरको तुलनामा पुस महिनाका लागि आफ्नो ब्याजदर घटाएका छन् ।

    एनआईसी एसीयाँ बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिक्तम ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ । बैंकले न्युनतम ७ प्रतिशत देखि अधिक्तम ८.६७ प्रतिशतसम्मको व्याजदर सार्वजनिक गरेको छ । त्यस्तै, एनआईसी एसियाले पुस महिनाका लागि संस्थागत मुद्दति निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्मको ब्याज दिने भएको छ ।

    एनएमबी बैंकले पनि मंसिर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । अब एनएमबीले पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशतसम्म्म ब्यज दिने भएको छ । जहाँ मंसिर महिनामा एनएमबीले अधिक्तम ९.७६ प्रतिशत ब्यादर कायम गरेको थियो ।

    एनएमबी बैंकले पुस महिनाका लागि न्ययुनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्मको ब्याज दिने जनाएको हो । त्यस्तै, पुस महिनाका लागि एनएमबी ले संस्थागत मुद्दति निक्षेपमा न्युनतम ६ प्रतिशत देखि अधिक्तम ७ प्रतिशत सम्म ब्याज दिने जनाएको छ । एनएमबीले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँँ ब्याजदर आज सोमबार अर्थात मंसिर २५ गतेदेखि नै लागू हुने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend