२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी


सञ्चार डबली
  • सोमबार, मंसिर २५ २०८०
  • 8.7K
    SHARES

  • images
    गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी


    काठमाडौं । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्ना बसेका छन्। लामो समयदेखि अन्तर्राष्ट्रिय उडान स्थगित भएको विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गर्दै आइतबारबाट सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोधको कार्यक्रम सुरु भएको हो । चरणबद्ध आन्दोलन गरिरहेको सञ्जालले नियमित अन्तर्राष्ट्रिय उडान गर्न पटक–पटक सरकारलाई दवाव दिँदै आएपनि सुनुवाई नभएकोले बाध्य भएर धर्नाको कार्यक्रम अघि सारेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

    सञ्जालकै नेतृत्वमा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री, मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयमा ज्ञापन पत्र, ध्यानाकर्षण, छलफल र अन्तरक्रिया गरेपनि सरोकारवाला पक्ष उदाशिन रहेकोले बाध्य भएर शुक्रबार भैरहवामा जन दबाब तथा विरोध प्रदर्शन गरिएको थियो । चरणबद्ध कार्यक्रम अन्तर्गत नै विमानस्थल केन्द्रित नियमित अन्तराष्ट्रिय उडान नभएसम्म अनिश्चितकालिन धर्नाको कार्यक्रम राखिएको अध्यक्ष ज्ञवालीले भने । सबैको चासो र चिन्ताको विषय विमानस्थल सञ्चालनमा हामीले नेतृत्व गरेर सरकारलाई दबाब स्वरुप चरणबद्ध कार्यक्रम गरिरहेका छौ विमानस्थल पूर्णक्षमतामा संचालन नहुँदासम्म आन्दोलनलाई अझै सशक्त बनाउदै लैजाने उनले भने ।

    उद्घाटन भएको १६ महिना बितिसक्दासमेत अन्तराष्ट्रिय उडान नियमित हुन नसकेपछि अर्बौं लगानी जोखिममा परेको भन्दै यस क्षेत्रका ३ दर्जन बढि संघ संस्थाहरु सडकमा आई विरोध जनाएका छन । धर्नामा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दिन खान, व्यसायिक संघ संस्था तथा जनप्रतिनिधीहरुले पनि साथ दिएका छन् ।

    विमानस्थलबाट केही समय जजिरा, हिमालयन र नेपाल एअरलाइन्सले अन्तराष्ट्रिय उडान र नेपाल एयरलाइन्सले अहिले ट्रान्जिट उडान गरेपनि हाल आन्तरिक उडान मात्रैमा विमानस्थल सिमित छ । नियमित उडान नहुँदा विमानस्थललाई लक्षित गरी लगानी गरेको निजी क्षेत्र तहसनहस नै भएको छ । अर्बौंको लगानी जोखिममा छ । सरकारलाई जनदवाव सिर्जजना गरि माग पुरा गराउन सञ्जालले गत कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दे आफ्ना बिरोध कार्यक्रम सार्वजनिक गरेको थियो ।

    धर्ना कार्यक्रममा सहभागी भएका लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग लुम्बिनी प्रदेशसँगै समग्र मुलुककै भविष्य जोडिएकाले सबै जनप्रतिनिधिले आफ्नो पदको बलिदानी दिनेबेला आएको बताए । ‘यदि यो विमानस्थल चलेन भने हामी जनप्रतिनिधि र सरकारमा मन्त्री बनेर बस्नुको कुनै औचित्य हुँदैन’, उनले भने ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend