२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

तीन पटक सकारात्मक सर्किट लागेपछि नेप्से कारोबार बन्द


सञ्चार डबली
  • आइतबार, मंसिर २४ २०८०
  • 8.5K
    SHARES

  • images
    तीन पटक सकारात्मक सर्किट लागेपछि नेप्से कारोबार बन्द

     

    काठमाडौं । आइतबार सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो ।

    पुनः १२ः ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । योसँगै आइतबारका लागि सेयर कारोबार बन्द भएको छ । आइतबार सेयर बजारको परिसूचक नेप्से १११ अंक बढेको छ । नेप्से १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भयो ।

    शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा सेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो । लामो समयसम्म बजार घटिरहँदा राष्ट्र बैंकले लिएको यो कदमपछि लगानीकर्तामा मनोबल बढेको छ ।

    यस दिन जलविद्युत् समूह सबैभन्दा धेरै ८.६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन समूह ६.७, बैंकिङ ५.६, विकास बैंक ६.५, फाइनान्स ६.५, लगानी ६.४, जीवन बीमा ५.३, माइक्रोफाइनान्स ५.६, उत्पादन ४.८, निर्जीवन बीमा ५.२, अन्य ४.५ र ब्यापार उपसमूह ५.८ प्रतिशतले बढेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend