२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन रिइन्स्योरेन्सले गयो आइपिओ बाँडफाँड


सञ्चार डबली
  • आइतबार, मंसिर २४ २०८०
  • 9.0K
    SHARES

  • images
    हिमालयन रिइन्स्योरेन्सले गयो आइपिओ बाँडफाँड


    काठमाडौं । आज हिमालयन रिइन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गरेको आइपिओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज बिहान एक कार्यक्रमबीच आइपिओ बाँडफाँड गरिएको हो ।

    मङ्सिर ४ गतेदेखि मङ्सिर १८ गतेसम्म विदेश रहेका नेपालीहरुका लागि खुलाइएको आईपीओमा मागभन्दा १.५२ गुणा बढी आवेदन परेको थियो । आवेदकमध्ये ३२ हजार ५६ जनालाई शेयर बाँडफाँड गरिएको छ । १० कित्ता देखि १७० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन् भने सो भन्दा बढी माग गर्ने दुई हजार ६ सय ५१ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

    पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता सेयर निष्कासन गरेकोमा ३४ हजार दुई सय छ जनाले ४५ लाख ८२ हजार छ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।

    हिमालयन रिइन्स्योरेन्सले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो । वैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्ट्याइएको १० प्रतिशत बाहेक कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता पनि सेयर निष्काशन गर्न छुटाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend