२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अरुण तेस्रो जलविद्युत् आयोजनाः मुआब्जाका लागि पुनःमूल्यांकन गरिने


सञ्चार डबली
  • शनिबार, मंसिर २३ २०८०
  • 9.3K
    SHARES

  • images
    अरुण तेस्रो जलविद्युत् आयोजनाः मुआब्जाका लागि पुनःमूल्यांकन गरिने


    काठमाडौं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको मुआब्जा पीडितहरूको जग्गा पुनःमूल्यांकन गरिने भएको छ ।उक्त आयोजनाको छयाङ्कुटी–दिदिङ साढे २४ किलोमिटर प्रवेश मार्ग बनाइने स्थानमा पर्ने स्थानीय बासिन्दाको जग्गाको मूल्यांकन गर्न उच्चस्तरीय कार्यदलले काम सुरु गरेको हो ।

    सरकारका पूर्वसचिव अर्जुनजङ थापाको संयोजकत्वमा पूर्वसहसचिवहरू जनकराज दाहाल र पद्मनिधि सोतीलगायत सम्मिलित तीन सदस्यीय उच्चस्तरीय कार्यदलले छुट मुआब्जा र क्षतिपूर्तिबारे अध्ययन सुरु गरेको जनाएको छ ।कार्यदलले अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्ने जनाइएको छ ।

    उक्त क्षेत्रमा पर्ने ४ सय ५४ रोपनी जग्गाको मुआब्जा नपाएपछि स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए ।उनीहरुले आफ्ना माग पूरा गराउने दबाब दिने उद्देश्यले तीन महिनाभन्दा बढी आयोजनाको काम ठप्प पारेका थिए ।

    स्थानीयको दबाबपछि भारतीय सतलज कम्पनीले मुआब्जा बापतको ५३ करोड रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराइसकेको जनाइएको छ । मुआब्जा वितरण गर्न सरकारलाई कानुनी रूपमा अप्ठ्यारो परेकाले समस्या सुल्झाउन सहज हुने गरी अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइने जनाइएको छ ।

    मुआब्जा वितरणमा समस्या देखिएपछि दीर्घकालीन रूपमा समाधान खोजेर मुआब्जा वितरण गर्नका लागि सरकारले कात्तिक १६ गते उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।कार्यदलले स्थानीय स्तरमा अध्ययन गर्ने र स्थानीय बासिन्दा, सरोकारवालाहरुसँग छलफलको काम सुरु गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend