नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार घटाएको छ ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरिएको हो । यस्तै, रियल स्टेट कर्जाको जोखिमभार पनि १२५ प्रतिशतमै झारिएको छ ।


