२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सामाजिक सञ्जालमा सेयर खरिद बिक्री गर्न उक्साउनेलाई कारवाही गर्ने धितोपत्र बोर्डको चेतावनी


सञ्चार डबली
  • शुक्रबार, मंसिर २२ २०८०
  • 6.5K
    SHARES

  • images
    सामाजिक सञ्जालमा सेयर खरिद बिक्री गर्न उक्साउनेलाई कारवाही गर्ने धितोपत्र बोर्डको चेतावनी

    नेपाल धितोपत्र बोर्ड सेबोनले सामाजिक सञ्जालमा सेयर खरिद बिक्री गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

    विभिन्न संचार माध्यम तथा फेसबुक, युट्युब, क्लबहाउस् जस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै बजारलाई प्रभावित पार्ने खालका कार्य भएको भन्दै उजुरी परेको भन्दै बोर्डले कारवाहीको चेतावनी दिएको हो । बोर्डका अनुसार निश्चित शेयरहरु खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउने खालका अनाधिकृत तवरका अन्तरवार्ता र अभिव्यक्ति बजारलाई प्रभावित पार्न खोजिएको भन्दै बोर्डमा गुनासो तथा उजुरीहरु प्राप्त हुँदा बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ ।

    धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर हुने भन्दै त्यस्तो कार्य नगर्न नगराउन बोर्डले निर्देशन दिएको हो । संचार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा संचालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले हुने कार्यहरु अविलम्व रोक्न पनि बोर्डले सूचित गरेको छ ।

    सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाईए धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गरिने बोर्डले जनाएको छ । यसैगरी बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानुन बमोजिम कारवाहि अगाडि बढाईने उल्लेख गर्दै कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न पनि बोर्डले आम लगानीकर्तालाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend