शुक्रबार, मंसिर २२, २०८०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईपीओ, हकप्रद, एफपीओ निष्कासन रोक्न नहुने बताएका छन् ।महासंघका अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितोपत्रले आईपीओ, हकप्रद, एफपीओ निष्कासनलाई स्थगित गर्नु बजारको लागि राम्रो नभएको भन्दै तत्काल खोल्न आवश्यक रहेको बताए ।
अध्यक्ष ढकालले सरकार वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउन र लगानी जुटाउन सम्मेलन गर्ने तर लगानी सञ्चिति हुने आईपीओ निष्कासन स्थगित गर्नु नहुने बताए । संघीय, प्रदेश र स्थानीय सरकारले समेत लगानी सम्मेलन गरिरहेको उनको भनाइ छ । उनले तीनै तहका सरकारको लगानी भित्र्याउन पहल भइरहेको अवस्थामा रियल क्षेत्रका कम्पनीहरू आईपीओ निष्कासनको तयारी पूरा हुँदा समेत अनुमति नपाउनु राम्रो नभएको बताए ।
मुलुकमा वैदेशिक लगानी भित्र्याउनुपर्छ भन्ने तर सम्पूर्ण तयारीहरू पूरा गरेका कम्पनीहरूको आईपीओ रोकिँदा पुँजी थप गर्ने योजना बनाएका कम्पनीको व्यवसाय विस्तारदेखि कर्जा र इकुटीको रेसियो व्यवस्थापन समस्या पर्ने थालेको उनको भनाइ छ ।


