२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लगातार दोस्रो दिन पनि बढ्यो शेयर बजार


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 8.6K
    SHARES

  • images
    लगातार दोस्रो दिन पनि बढ्यो शेयर बजार


    काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । लगातार रुपमा ओरालो लागिरहेको शेयर बजार बिहीबार पनि दोहोरो अंकले बढेको हो । अघिल्ल्लो दिन पनि शेयर बजार सामान्य अंकले बढेको थियो ।

    हप्ताको कारोबार हुने अन्तिम दिन शेयर बजार ११ दशमलव ७३ अंकले बढेको हो । दोहोरो अंकले बढेको शेयर बजार परिसूचक १८५२ दशमलव ७७ विन्दुमा पुगेको छ । शेयर बजारमा कारोबार भएका १७५ कम्पनीको शेयर बजार मूल्य बढेसँगै समग्रमा बजारमा सुधार देखिएको हो ।

    आज २९९ कम्पनीको शेयर ९५ लाख ५ हजार ६०८ कित्ता शेयर ५३ हजार १४६ पटक खरिद बिक्री भएका छन् । जसबाट २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ ।

    आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार देखिएको छ । अघिल्लो दिनको तुलनामा सेन्सेटिभ इन्डेक्स १ दशमलव ५८ अंकले बढेर ३५२ दशमलव २८ विन्दुमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend