२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनसेललाई आजियाटाले आफ्नो वेभसाइटबाट हटायो


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 8.4K
    SHARES

  • images
    एनसेललाई आजियाटाले आफ्नो वेभसाइटबाट हटायो


    काठमाडौं । मलेसियन टेलिकम्यूनिकेसन लगानीकर्ता आजियाटाले आफ्नो वेभसाइटबाट एनसेल हटाएको छ । बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने निर्णय गरेको आजियाटाले आफ्नो लगानी रहेको ब्राण्डको सूचीबाट एनसेललाई हटाएको हो ।

    यसअघि आजियाटाले आफ्नो लगानीको ब्राण्डहरुको सूचीमा एनसेल समेटेको थियो । तर, अहिले भने एनसेलसम्बन्धी जानकारी नै हटाइदिएको छ । यसबाहेक, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, मलेसिया लगायतका देशमा लगानी गरिरहेको छ ।

    ती देशमा लगानी रहेको कम्पनीको नाम भने आफ्नो वेभसाइटको ब्राण्ड पेजमा राखेको छ । तर, एनसेलको ब्राण्ड नेम भने हटाएको हो । आजियाटाले एक डलरमा खुलेको बेलायती कम्पनीलाई एनसेलको सेयर बेच्ने निर्णय गरेपछि चलखेलको आशंकामा विरोध भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend