२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रतिस्पर्धाको माध्यमबाट स्पेक्ट्रलाइट युके लिमिटेडले सेयर खरिद गरेको हो : एनसेल


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 8.6K
    SHARES

  • images
    प्रतिस्पर्धाको माध्यमबाट स्पेक्ट्रलाइट युके लिमिटेडले सेयर खरिद गरेको हो : एनसेल


    काठमाडौं । एनसेलले प्रतिस्पर्धाको माध्यमबाट स्पेक्ट्रलाइट युके लिमिटेडले सेयर खरिद गरेको जनाएको छ । आज एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको स्पष्ट पारेको छ । “एनसेल आजको दिन सम्मको सबै कर दायित्त्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ ।

    साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेबार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ ।” विज्ञप्तिमा उल्लेख छ ।

    नेपाली मूलका सतिशलाल आचार्यलाई आजियाटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको थियो । अपारदर्शी, शंकास्पद र कर छली गर्ने उद्देश्य अनुरसार सेयर खरिदबिक्री भएको भन्दै त्यसलाई रोकेर छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले बुधबार निर्देशन दिएको थियो ।

    एनसेलले पछिल्लो सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको बताएको छ । ‘सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर (५३ अर्ब ३८ करोड रुपैयाँ) रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनी ९एक्जियटा०ले निश्चित समयवधिभित्र प्राप्त गर्नेछ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend