२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता थापालाई पुरस्कार प्रदान


सञ्चार डबली
  • बिहीबार , मंसिर २१ २०८०
  • 7.2K
    SHARES

  • images
    डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता थापालाई पुरस्कार प्रदान


    काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । स्थानीय डिलरदाई ध्वजबहादुर थलालको समन्वयमा देहीमाडौं, बैतडीमा एक कार्यक्रमबीच थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फबाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद रु एक लाख हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सुर्यबहादुर थापा, सदस्य रजबहादुर बोहरा, वडा नं. ३ का अध्यक्ष अजबबहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानीय प्रहरी चौकी प्रमुख चेतु खड्का लगायतका विभिन्न क्षेत्रमा व्यक्तिको उपस्थितिमा पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

    डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो । उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकलाई हरेक हप्ता नगद एक लाख रुपैयाँ जित्ने र निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend