२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनसेलका सीईओलाई छलफलका लागि बोलाउने अर्थ समितिको निर्णय


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 8.9K
    SHARES

  • images
    एनसेलका सीईओलाई छलफलका लागि बोलाउने अर्थ समितिको निर्णय

     

    काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । आजियटाले एनसेलको ८० प्रतिशत सेयर सतीशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेको विषय विवादमा परेपछि समितिले एनसेलका सीईओ जाबोर कायुमोभलाई छलफलका लागि बोलाउने भएको हो ।

    बैठकमा सांसदहरुले एनसेलमात्र नभएर आजियटाकै सीईओलाई बोलाउन माग गरेका थिए । रास्वपा सांसद स्वर्णिम वाग्लेले आजियटाका सीईओलाई पत्र काटेर बोलाउन समितिलाई आग्रह गरेका थिए । ‘समितिले यो घटनालाई किनारा नलगाए देशलाई नै क्षति पुग्छ,’ उनले भनेका थिए, ‘त्यसकारण पनि आजियटाका सीईओलाई बोलाउनुपर्छ, लगानी सम्मेलन गर्छु भन्ने अनि नेपालमा भएको कम्पनीले देशलाई धारेहात लगाउनु राम्रो होइन ।’

    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने एनसेल आजियटालाई कठघरामा उभ्याउन कानुनी अफ्ठ्यारो रहेको बताएका छन् । समिति बैठकमा उनले एनसेलमा तीन लेयरका सीईओ भएको र नेपालको दूरसञ्चार ऐनको दायरामा ल्याउन कानुनी प्रावधान नभएको प्रस्टीकरण दिए ।

    एनसेलको सीईओलाई कानुनी कठघरामा उभ्याउने कानुनी प्रावधान भए प्राधिकरणले तत्काल उभ्याउनसक्ने भए पनि त्यो खालको कानुनी प्रावधान नभएको उनको भनाइ छ । प्राधिकरणले कानुन बनाउन खोज्दा पटक–पटक संसदबाट ऐनको ड्राफ्ट फर्काउने काम भएको भन्दै उनले अफ्ठ्यारो पर्दा ‘कानुनअनुसार कारबाही गर’ भन्न नमिल्ने तर्क गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend