२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्राइम कमर्सियल बैङ्क कर्मचारी सङ्घको अध्यक्षमा पोखरेल निर्विरोध


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 9.2K
    SHARES

  • images
    प्राइम कमर्सियल बैङ्क कर्मचारी सङ्घको अध्यक्षमा पोखरेल निर्विरोध

    बुधवार, मंसिर २० २०८०
    काठमाडौँ र प्राइम कमर्सियल बैङ्क कर्मचारी सङ्घको तेस्रो केन्द्रीय अधिवेशन शनिबार काठमाडौँमा सम्पन्न भएको छ । अधिवेशनले संघको केन्द्रीय समितिमा विगत १० वर्षदेखि सङ्घमा आवद्ध रहेका बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय र्निविरोध निर्वाचित गरेको छ ।

    निर्वाचित समितिमा अध्यक्ष पोखरेलसहित उपाध्यक्ष धन बहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत, कोषाध्यक्ष राजेश मानन्धर, वरिष्ठ केन्द्रिय सदस्य दामोदर ढुङ्गाना, केन्द्रीय सदस्य (खुल्ला) बिवेक दली, मिलन विक्रम बस्नेत, राजेश दाहाल, रेवन्त राज नेपाल तथा केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रूचिमा लोप्चन् निर्वाचित भएका छन् । 

    सो अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले बैङ्कको उन्नति तथा प्रगतिमा कर्मचारीहरूको मुख्य भुमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गरे । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend