२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने, चालू आर्थिक वर्षमा ५ प्रतिशत मात्रै : राष्ट्र बैंक


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 7.3K
    SHARES

  • images
    आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने, चालू आर्थिक वर्षमा ५ प्रतिशत मात्रै : राष्ट्र बैंक


    काठमाडौं । राष्ट्र बैंकले, नेपालमा यो वर्ष आर्थिक वृद्धि ४ देखि ५ प्रतिशतमै सिमित हुने प्रक्षेपण गरेको छ । संघीय संसदको अर्थ समितिमा मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको जानकारी दिएका हुन् ।

    उनले भने ‘आर्थिक वर्ष २०८०—८१ को वजेटले, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रुपमा बढेको, व्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न सुरु गरेकोले चालु आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आकंलन गर्न सकिन्छ ।’

    गत वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा २।१६ प्रतिशतमा खुम्चिएको थियो। सरकारले, आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। त्यस्तै उनले तरलतामा आएको सुधारले कर्जा प्रवाह थप बढ्ने विश्वास व्यक्त गरे । ‘तरलतामा आएको सुधार र व्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने देखिन्छ । मौद्रीक नीतिको लचक कार्यदिशा र तरलतामा आएको सुधारले अल्पकालिन र दिर्घकालिन व्याजहरु घटिरहेका छन् ।’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend