२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सामान्य अकंले बढ्यो सेयर बजार


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 10.2K
    SHARES

  • images
    सामान्य अकंले बढ्यो सेयर बजार

    काठमाडौं। सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार ३.३३ अंकले बढेको सेयर बजार १८४१.०४ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९३ कम्पनीका ३४ हजार ९३१ पटक भएको कारोबारमा ३७ लाख ५० हजार ८९५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड ४ लाख ३२ हजार ७९० रुपैयाँको कारोबार भएको छ । यसदिन १२१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १०६ कम्पनीको ओरालो लागेको छ भने १३ कम्पनीको स्थिर छ ।

    आज २९३ कम्पनीका ३७ लाख ५५ हजार १२४ कित्ता शेयर १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२.७८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

    यस्तै दोस्रो उच्च कारोबारमा गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। यो कम्पनीको पनि ७ करोड ३० लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

    आज ग्लोबल आइएमई लघुवित्तका शेयरधनीहरु मालामाल भए। यो लघुवित्तको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ। विजय लघुवित्तको शेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ। आज सिंगटी हाइड्रोका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ ९ प्रतिशतले बढीले ओरालो लागेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend