२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रेड बुलले नेपालमै सुरु गर्यो उत्पादन, नेपाल विश्वको चौथो देश बन्यो


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 10.6K
    SHARES

  • images
    रेड बुलले नेपालमै सुरु गर्यो उत्पादन, नेपाल विश्वको चौथो देश बन्यो


    काठमाडौं । रेड बुलले नेपालको अमरापुरीमा ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको छ । रेड बुल फ्याक्ट्रीले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्डसहितको फ्याक्ट्री सञ्चालनमा ल्याएको हो । यस फ्याक्ट्रीकोे आधाभन्दा बढी विद्युत् वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन गरिनेछ ।

    अर्थमन्त्री डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यमा उद्योगको उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा टीसीपीका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्या लगायत अन्य विशेष अतिथिहरुको उपस्थिति रहेको थियो ।

    अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्नेछ । यो रेडबुलको नेपालमै स्थानीय उत्पादन तथा ब्रान्डको यात्रामा एक महत्वपूर्ण कोसेढुङ्गा हुने बताइएको छ । साथै यसले स्थानीय स्रोत–साधनहरुको सशक्तीकरण तथा वातावरणीय दिगोपनप्रति समेत प्रतिबद्धता दर्शाउने कम्पनीले जनाएको छ ।

    सरस बेभरेजेजका प्रमुख कार्यकारी अधिकृत पवन जगेटियाले भने, ‘सरस बेभरेजेजको अत्याधुनिक अमरापुरी फ्याक्ट्रीमा हामी गर्वका साथ प्रतिष्ठित रेड बुल उत्पादन गर्दैछौं । वातावरणीय दिगोपनप्रति हामी सदैव प्रतिबद्ध छौं । त्यसैले फ्याक्ट्रीको आधा बिजुली वैकल्पिक उर्जा स्रोतहरूबाट उत्पादन गर्दैछौं ।’

    रेडबुलको फ्याक्ट्री स्थापना पश्चात अन्तरराष्ट्रिय ब्रान्डहरुलाई नेपालमा उद्योग अनुकुल वातावरण रहेको सकारात्मक सन्देश जाने समेत उनले विश्वास दर्शाए ।

    प्रतिष्ठित ब्राण्ड रेड बुल उत्पादन गर्ने नेपाल विश्वको चौथौं देश हो । पहिलो रेड बुल उत्पादन गर्ने थाइल्यान्ड हो भने त्यसपछि भियतनाम तथा चीन हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend