२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल इन्स्योरेन्स कम्पनीले बोलायो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 7.0K
    SHARES

  • images
    नेपाल इन्स्योरेन्स कम्पनीले बोलायो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने


    काठमाडौं । आगमी पुस १३ गतेका लागि नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको संचालक समितिको बैठकले प्रज्ञा भवन कमलादीमा साधारणसभा बस्नेगरी मिति तय गरेको हो ।

    साधारणसभाले यसअघि घोषित १० प्रतिशतले हुने बोनस सेयर र सो बोनस सेयरमा कर प्रयोजनका लागि लाग्ने ०.५२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । कम्पनीले मंसिर २८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । अघिल्लो दिन मंसिर २७ सम्म कायम सेयरधनी मात्रै लाभांश लिन र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।

    गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी साधारणसभाबाट पारित हुनेछ । त्यस्तै साधारण सेयरधनीका तर्फबाट कम्पनीमा संचालकको रुपमा गुहेश्वरी क्यापिटलका प्रतिनिधि सजल मास्केलाई गरिएको मनोनित अनुमोदन गरिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend