२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नबिल बैंकले ल्यायो मेसिन मार्फत चेक क्लियरिङ गर्न सकिने सुविधा


सञ्चार डबली
  • बुधबार, मंसिर २० २०८०
  • 9.9K
    SHARES

  • images
    नबिल बैंकले ल्यायो मेसिन मार्फत चेक क्लियरिङ गर्न सकिने सुविधा


    काठमाडौं । नबिल बैंकले मेसिन मार्फत चेक क्लियरिङ गर्न सकिने सुविधा ल्याएको छ । यस सुविधा मार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले केआईओएसकेमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

    यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यलय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन् । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जानकारी दिएको छ ।

    हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा संचालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend