२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पाँच निर्माण कम्पनी सरकारको कालो सूचीमा


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 8.5K
    SHARES

  • images
    पाँच निर्माण कम्पनी सरकारको कालो सूचीमा


    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीलाई कालोसूचीमा चढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको अनुगमन कार्यालयले मंगलबार तीन निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिसाई जेभी पुतलीसडकलाई तीन वर्षसम्म कालोसूचीमा रहनेगरी चढाएको हो ।

    भारत कन्सट्रक्सनका मुख्य व्यक्ति राजिव गुर्गा, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिका दीपेन्द्रबहादुर शाही र मैनाचुली निर्माण सेवा प्रालिका मुख्य व्यक्ति मदन कुमार अधिकारी रहेका छन् । मध्यपहाडी राजमार्गको आयोजनामा काम नगरेपछि सो कम्पनीलाई कालोसूचीमा राख्न पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

    कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्का सम्झौता या खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।यस्तै मैनाचुली–सिद्धिसाई जेभी नयाँबानेश्वरलाई दुई वर्षसम्म कालोसूचीमा राखिएको छ । शेर्पा–हेना–सुनामी जेभी विदुर–७ नुवाकोट पनि एक वर्षसम्म कालोसूचीमा परेको छ । शेर्पा कन्स्ट्रक्सनको मुख्य व्यक्ति फुर्तेम्बा शेर्पा, हेना कन्स्ट्रक्सनका गणेशबहादुर बस्नेत र सुनामी कन्स्ट्रक्सनको मुख्य व्यक्ति पोष्टबहादुर बोगटी रहेका छन् ।

    यसैगरी विक्रम तामाङ मुख्य व्यक्ति रहेको कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स का।म।न।पा –१६ र इजोन निर्माण सेवा,जुम्ला पनि एक÷एक वर्षका लागि कालोसूचीमा परेका छन् । इजोन निर्माण सेवाका मुख्य व्यक्ति हरिराम बोहरा रहेका छन् । कालोसूचीमा परेका पाँचवटै निर्माण कम्पनीलाई सडक विभग र स्थानीय तहको सिफरिसमा कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend