२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • मंगलबार, मंसिर १९ २०८०
  • 7.5K
    SHARES

  • images
    सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा


    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ । लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ९७ हजार ३०५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    उक्त सेयरमा मंसिर १९ गतेदेखि २६ गतसम्म आवेदन दिन सकिने छ । विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति कम्पनी, संघ, संस्थाहरुले मिति २०८० साल मंसीर २६ गते कार्यालय समयभित्र अवेदन दिन सक्ने छन् ।

    लघुवित्तले विद्यमान संस्थापकलाई यसअघि नै सेयर खरिदका लागि ३५ दिने सूचना जारी गरेको थियो । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएकोले उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गर्न लागिएको हो ।बोलपत्र आवेदन फारम एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली – ११ काठमाण्डौबाट प्राप्त गर्न सकिने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend