२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

३ दशमलव ४२ अङ्कले ओरालो लाग्यो शेयर बजार


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 8.9K
    SHARES

  • images
    ३ दशमलव ४२ अङ्कले ओरालो लाग्यो शेयर बजार


    काठमाडौं । आज पनि शेयर बजार ओरालो लागेको छ । आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४२ अङ्कले घटेर १ हजार ८ सय ४७ दशमलव ८१ विन्दुमा झरेको छ ।

    आज विकास बैंक, फाइनान्स, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र माउन्टेन इनर्जी नेपालको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन समाज लघुवित्तको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज ३८ लाख ९६ हजार कित्ता शेयर १ अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ७ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend