२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 10.5K
    SHARES

  • images
    सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक


    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को जीवन बीमा कोष र बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा नायाँ बोनसदर सार्वजनिक गरेको हो ।

    कम्पनीले सार्वजनिक गरे अनुसार सबैभन्दा धेरै बोनसदर ७७ रुपैयाँ रहेको छ भने सबैभन्दा कम २५ रुपैयाँ रहेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ३० वर्षभन्दा बढी अवधिका लागि बीमा गरेका बीमितलाई ७७ रुपैयाँ बोनस दिने घोषणा गरेको हो । जस अन्तर्गत सो पोलिसिको उक्त अवधिका लागि ६२ वटा पोलिसि कम्पनीले विक्री गरेको छ ।

    त्यसैगरी, सिटिजन शुभारम्भ योजना अन्तर्गत ३० वर्षभन्दा बढी अवधिकालागि पोलिसि खरिद गर्ने बीमितले ७५ रुपैयाँ बोनस पाउने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले जारी गरेको बोनसदर सिट अनुसार उक्त अवधिकालागि सो पोलिसि १६१ जनाले खरिद गरेका छन् ।

    यस्तै, सावधिक जीवन बीमालेख अन्तर्गत ३० वर्षभन्दा बढी अवधिकालागि पोलिसि खरिद गर्ने बीमितले ७३ रुपैयाँ, सिटिजन बाल भविष्य योजना बीमालेख अन्तर्गत २५ देखि २९ वर्ष अवधिकालागि पोलिसि खरिद गर्ने बीमिलते ६७ र सिटिजन शुभराम्भ योजना अन्तर्गत २५ देखि २९ वर्षका लागि पोलिसि खरिद गर्ने बीमितले ६५ रुपैयाँ बोनस पाउने कम्पनीले सार्वजनिक गरेको बोनसदर तालिकामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend