२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आइपिओ बाँडफाँट गर्दै नेपाल वेयरहाउजिङ कम्पनी


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 8.6K
    SHARES

  • images
    आइपिओ बाँडफाँट गर्दै नेपाल वेयरहाउजिङ कम्पनी


    काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले यहि मङ्सिर २० गते (बुधबार ) आइपिओ बाँडफाँट गर्ने भएको छ । धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार सम्पूर्ण प्रक्रिया सकेर बुधवार आइपिओ बाँडफाँट गर्ने तालिका तय भएको हो । कम्पनीले नेपाल धितो पत्र बोर्डबाट जारी पुँजीको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितो पत्र बोर्डबाट अनुमति पाएको थियो।

    कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट पनि गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँट गर्न लागेको हो ।

    कम्पनीको आईपीओमा अन्तिम दिन बैंकिङ समयसम्ममा १२ लाख ५७ हजार ७५६ जनाको आवेदन परेको जनाएको छ । सीडीएसीका अनुसार ती आवेदकबाट १ करोड ३६ लाख ४३ हजार ३९० कित्ता सेयर माग भएको छ ।

    ती आवेदकले १ अर्ब ३६ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर माग गरेका हुन् ।जसअनुसार कम्पनीको आईपीओमा करिब १२ गुणा आवेदन परेको छ। मागभन्दा अत्यधिक आवेदन परेकाले कम्पनीले आइपिओ बाँडफाँट गोला प्रथाबाट हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend