२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार सुरु


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 9.4K
    SHARES

  • images
    हिमालयन र सिभिल क्यापिटलको एकीकृत कारोबार सुरु


    काठमाडौं । हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरी मंसिर १५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । शुक्रबार एक समारोहबीच हिमालयन क्यापिटलका अध्यक्ष सुनिल प्रसाद गोर्खाली र साविकको सिभिल क्यापिटलका अध्यक्ष भोला बहादुर बिष्टले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् ।

    एक समारोहका बीच शुक्रबार हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष सुनिल प्रसाद गोर्खाली र साविकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष भोला बहादुर बिष्टले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका थिए। हिमालयन क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट १२ मंसिर २०८० मा एकीकृत कारोबार सञ्‍चालनको अनुमति पाएको थियो।

    कार्यक्रममा हिमालयन क्यापिटल लिमिटेडको सञ्‍चालक समितिका अध्यक्ष तथा हिमालयन बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल प्रसाद गोर्खालीले दुई क्यापिटलको सम्मिश्रणबाट सकरात्मक प्रभाव सिर्जना भएको बताए। यसबाट ग्राहकहरुलाई प्रदान गरिने सेवा तथा सुविधाहरु अझ सबल र सुदृढ हुने उनले बताए। जसले नेपाली पुँजी बजारको विकासमा टेवा पुग्‍ने उनले धारणा व्यक्त गरे।

    एकीकृत कारोबारपछि संस्थाले मुलतः प्रविधिको माध्यमबाट आफ्नो सेवाहरुको विस्तार गर्ने उनले बताए। त्यस्तै, नवीनतम प्रकृतिका विशिष्टिकृत लगानी कोष, खुल्लामुखी सामूहिक लगानी कोष योजना, व्यवस्थित लगानी योजना जस्ता सेवाहरु निकट भविष्यमा प्रदान गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।

    कार्यक्रममा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबरा, बरिष्ठ नायव कार्यकारी अधिकृतहरु, हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष तथा सञ्‍चालकहरु, साविकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष, सञ्‍चालकहरु, प्रमुख कार्यकारी अधिकृत, हिमालयन क्यापिटल लिमिटेडका पूर्व संस्थापक अध्यक्षका साथ बैंकका वरिष्ठ कर्मचारीहरु, क्यापिटलका कर्मचारीहरु लगायत उपस्थित थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend