२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सात दिनभित्र सम्पर्क गर्न ३० कम्पनीलाई प्राधिकरणको अल्टिमेटम


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 9.1K
    SHARES

  • images
    सात दिनभित्र सम्पर्क गर्न ३० कम्पनीलाई प्राधिकरणको अल्टिमेटम


    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २२ वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। नियमानुसार बुझाउनुपर्ने वित्तीय विवरण तथा रोयल्टी नबुझाउने २२ वटा दूरसञ्चार कम्पनीलाई सात दिन भित्र प्राधिकरणको सम्पर्कमा आउन आग्रह गरेको हो।

    ‘नियमानुसार बुझाउनु पर्न अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक(पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेकोले हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचनामार्फत् जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ।

    साथै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend