२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनसेलको ८० प्रतिशत शेयर प्राधिकरणको स्वीकृति बिना नै खरिदबिक्री


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 8.1K
    SHARES

  • images
    एनसेलको ८० प्रतिशत शेयर प्राधिकरणको स्वीकृति बिना नै खरिदबिक्री


    काठमाडौं । एनसेलमा आजियाटा समूहको ८० प्रतिशत शेयर नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति विना नै किनबेच गरिसकेको छ । मलेसियाको आजियाटा समूहले एनसेलमा भएको ८० प्रतिशत शेयर बिक्री गर्ने बुधबारका दिन घोषणा गरेको थियो । तर, दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९८० बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने प्रावधान छ ।

    आजियाटा समूहले प्राधिकरणको स्वीकृति विना नै एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री भएको खुल्न आएको छ । शेयर खरिद बिक्री भएको थाहा पाए पनि प्राधिकरणमा स्वीकृतिको लागि केही सूचना नआएको प्राधिकरणले जनाएको छ ।

    शुक्रवार एनसेल आजियटालाई प्राधिकरणले पत्र लेखिसकेको उनको भनाई छ । नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) नियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमति पत्र प्राप्त व्यक्तिले आफ्ना सेयर धनीको शेयर खरिद बिक्री वा नामसारी गर्नु पूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend