२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धि स्मृति प्रतिष्ठान र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबीच भयो नगदरहित सेवा सम्झौता


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 9.7K
    SHARES

  • images
    सिद्धि स्मृति प्रतिष्ठान र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबीच भयो नगदरहित सेवा सम्झौता


    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका संचालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरका छन् ।

    यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगद रहित हस्पिटलाईजेशस प्राप्त गर्न सकिने छ ।

    साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियलका नायव प्रमुख कार्यकारी ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानले आफना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend