२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

‘सी फूड’ मा ज्योति विकास बैंकका ग्राहकले २७ प्रतिशतसम्म छुट पाउने


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 8.0K
    SHARES

  • images
    ‘सी फूड’ मा ज्योति विकास बैंकका ग्राहकले २७ प्रतिशतसम्म छुट पाउने


    काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई ‘सी फुड’बाट माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छुट प्रदान सम्बन्धी सम्झौता गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउन भएका हुन् ।

    बैंकले काठमाडौंको डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससँग गरेको सम्झौता अनुसार ग्राहकहरुले उक्त छुट पाउनेछन् । सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट सी फुडका सञ्चालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरे ।

    ज्योति विकास बैंकका ग्राहकले सी फुडका खाद्यसामग्रीहरु खरिद गर्दा बैंकको मोवाइल बैंकिङ, चेक बुक तथा कार्डबाट विल भुक्तानी गरे छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसँग निरन्तर रुपमा सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।

    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस बैंकले नागरिकको सर्वोत्तम हितलाई सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend