२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शतप्रतिशत हकप्रद शेयर जारी गर्दै युनाइटेड मोदी हाइड्रोपावर


सञ्चार डबली
  • बिहीबार , मंसिर १४ २०८०
  • 8.2K
    SHARES

  • images
    शतप्रतिशत हकप्रद शेयर जारी गर्दै युनाइटेड मोदी हाइड्रोपावर


    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर हकप्रद शेयर जारी गर्ने भएको छ । यहि मङ्सिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो उदेश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित हकप्रद शेयर नियमनकारी निकायबाट स्वीकृत गराई आगामी साधारण सभाबाट पारित गराउने कम्पनीले जानकारी दिएको छ । साधारण सभाबाट पारित गरेपछि नेपाल धितोपत्र बोर्डको स्वीकृतिका लागि पेश हुनेछ । कम्पनीले यस वर्षका लाभांश प्रस्ताव हालसम्म गरेको छैन ।

    गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २३ क्रोड ५ लाख रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४६ करोड १० लाख रूपैयाँ कायम हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend