२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनसेल बेचेर नेपालबाट बाहिरिदै मुख्य कम्पनी आजियाटा


सञ्चार डबली
  • बुधबार, मंसिर १३ २०८०
  • 11.5K
    SHARES

  • images
    एनसेल बेचेर नेपालबाट बाहिरिदै मुख्य कम्पनी आजियाटा


    काठमाडौं । नेपालको ठूलो दूरसञ्चार सेवा एनसेलको मुख्य कम्पनी आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको छ । नेपालको परिस्थिती चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजियटाले बताएको हो ।एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

    नेपालबाट बाहिरिने निर्णयले एक्जियटालाई थप मजबुत बनाउने र दीर्घकालीन रूपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।कम्पनी स्रोतका अनुसार एक्जियटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ।

    हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर छ। एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले एक्जियटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ।

    नेपालमा एनसेलको व्यापार घट्दै गएका बेला आजियाटाले यस्तो निर्णय गरेको हो । सन् २०२२–२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।एनसेलले सन् २०२१–२२ मा ३९ अर्ब ७२ करोड ५० लाख र सन् २०२०–२१ मा एनसेलले ४० अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend