२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हालसम्म ६ वटा माइक्रोफाइनान्स कम्पनीहरुले गरे लाभांश घोषणा


सञ्चार डबली
  • बुधबार, मंसिर १३ २०८०
  • 8.6K
    SHARES

  • images
    हालसम्म ६ वटा माइक्रोफाइनान्स कम्पनीहरुले गरे लाभांश घोषणा


    काठमाडौं । हालसम्म ६ वटा माइक्रोफाइनान्स कम्पनीहरुले मात्रै गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीहरुमा युनिक नेपाल लघुवित्त, धौलागिरि लघुवित्त, आरएसडीसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एसिया लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स छन् ।

    जसमध्ये आरएसडीसी लघुवित्त कम्पनीको मात्रै बुक क्लोज भइसकेको छ । बुक क्लोज भएको सो कम्पनीको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् ।त्यस्तै एनआईसी एसिया लघुवित्तको मंसिर २५ गते बुक क्लोज मिति तय भएको छ ।

    सो दिनसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् । लाभांश घोषणा गरिसकेका अरु ४ माइक्रोफाइनान्स कम्पनीहरु धौलागिरी, सपोर्ट, स्वाबलम्बन र युनिक नेपालले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend