२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

वेयरहाउजिङ कम्पनीको आईपीओमा वेदन दिने आज अन्तिम दिन


सञ्चार डबली
  • बुधबार, मंसिर १३ २०८०
  • 8.8K
    SHARES

  • images
    वेयरहाउजिङ कम्पनीको आईपीओमा वेदन दिने आज अन्तिम दिन


    काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त कम्पनीmे मङ्सिर १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

    कम्पनीको आईपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आइपिओ बिक्री गरेको हो।

    कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

    कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

    त्यस्तै कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरूका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।

    कम्पनीले बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर बिक्री गरेको हो। सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend