२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हालसम्म १० वटा वाणिज्य बैंकले गरे लाभांश घोषणा


सञ्चार डबली
  • मंगलबार, मंसिर १२ २०८०
  • 8.7K
    SHARES

  • images
    हालसम्म १० वटा वाणिज्य बैंकले गरे लाभांश घोषणा


    काठमाडौं । यतिबेला सरकारी स्वामित्वसहितका वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् ।

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसहित ९ वटा बैंकले लाभांश घोषणा गर्न बाँकी छ । लाभांश वितरणका लागि घोषणाको तयारीमा उनीहरु रहेका छन् ।अर्थतन्त्र सुस्ताएसँगै विगत वर्षमा नगद र बोनस दुवै लाभांश दिने गरेका बहुमत संख्याका बैंक खुम्चिएका छन् ।

    हालसम्म लाभांश घोषणा गरेका १० वटा बैंकमध्ये चार वटाले मात्रै नगद र बोनस दुवै वितरणको घोषणा गरेका छन् । नगद र बोनस दुवै दिने वाणिज्य बैंकको संख्या कम देखिएको छ । ग्लोबल आइएमई र सानिमा, एभरेष्ट र एसबीआई बैंकले मात्र नगद र बोनस दुवै लाभांश दिने घोषणा गरेका छन् ।

    एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी २०.५३ लाभांश वितरण गरिने बताएको छ ।एसबीआई बैंकले चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७० लाभांश वितरण गरिने जनाएको छ । यसैगरी ग्लोबल आइएमई बैंकले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत लाभांशमध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

    बाँकी ६ बैंकमध्ये नबिल, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड र सिद्धार्थ बैंकले नगद लाभांश मात्रै वितरण गर्ने घोषणा गरेका छन् । बोनस मात्रै लाभांश वितरण गर्नेमा एनआईसी एसिया र माछापुच्छ्रे बैंक मात्रै छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend