२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


सञ्चार डबली
  • मंगलबार, मंसिर १२ २०८०
  • 7.9K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


    काठमाडौं। आज ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले मङ्सिर २८ गते १७औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले मङ्सिर १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।

    जस अनुसार, आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन्। सभा मङ्सिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजेदेखि शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पुँजीको १ प्रतिशतका दरले बोनस सेयर र कर सहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसै गरी, सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयर धनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयर धनीको समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend