२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लाभांश बिना नै खानीखोला हाइड्रोले डाक्यो साधारणसभा, हकप्रद निष्कासन विशेष प्रस्तावमा


सञ्चार डबली
  • सोमबार, मंसिर ११ २०८०
  • 7.6K
    SHARES

  • images
    लाभांश बिना नै खानीखोला हाइड्रोले डाक्यो साधारणसभा, हकप्रद निष्कासन विशेष प्रस्तावमा

    खानीखोला हाइड्रो कम्पनीले एकैसाथ दशौं र एघारौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सेयरधनीको हात भने रित्तै राख्ने भएको छ ।

    मङ्सिर १० गते आइतबार बसेको सञ्चालक समितिको बैठकले पुस ४ गते काठमाडौंको धुम्बाराहीस्थित ध्रुम बाराह पार्टी प्यालेसमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो ।

    कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

    यसैगरी कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ मङ्सिर २२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात मङ्सिर २१ सम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend