२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शेयर बजारमा दोहोरो अंकको गिरावट


सञ्चार डबली
  • सोमबार, मंसिर ११ २०८०
  • 8.5K
    SHARES

  • images
    शेयर बजारमा दोहोरो अंकको गिरावट


    काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार भारी अंकले बढेको बजारमा आज फेरी ११.२७ अंकले घटेर १,८९६ दशलमव ६७ को विन्दुमा कायम भएको छ । आज ६५ कम्पनीको शेयर मुल्य बढेको छ भने १६६ कम्पनकिो शेयर मुल्य घटेको छ ।

    आज होटल्स एण्ड टुरिजम, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ उपसूचक बढेका छन् । आज दिनभरिमा २९० कम्पनीको ६० लाख १७ हजार ३९७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, रिलायबल नेपाल लाइफको ७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ६ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु बैंकको ५ करोड २६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

    आज सबैभनदा धेरै अपर साङगे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अभियान लघुवित्तका लगानीकर्ताले ७ दशलमव ७२ प्रतिशतका दरले कमाएका छन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ७ दशलमव ४९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend