२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल बैंकले गर्यो भूकम्प प्रभावितका लागि ५० लाख आर्थिक सहयोग


सञ्चार डबली
  • सोमबार, मंसिर ११ २०८०
  • 10.9K
    SHARES

  • images
    नेपाल बैंकले गर्यो भूकम्प प्रभावितका लागि ५० लाख आर्थिक सहयोग


    काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि नेपाल बैंक लिमिटेडले ५० लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको हो।

    बैंकको सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बालुवाटारमा आयोजित एक कार्यक्रमबीच ५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरे। नेपाल बैंकबाट भूकम्पपीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रधानमन्त्रीले हार्दिक धन्यवाद ज्ञापन गरे।

    उक्त कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रणलगायत विभिन्न विपतको समयमा आर्थिक सहयोग प्रदान गर्दै आएको स्मरण गराए। त्यसैको निरन्तरतास्वरूप जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत बैंकले यस प्रकारका सहयोग जारी राख्ने उनले प्रतिबद्धता जनाए।

    उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य विवेकशमशेर जबरा, कामु प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारी तथा वरिष्ठ प्रबन्धक विश्वराज भण्डारीसमेतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend