२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बैशाख ८ र १० गते तेस्रो लगानी सम्मेलन गर्दै सरकार


सञ्चार डबली
  • आइतबार, मंसिर १० २०८०
  • 8.5K
    SHARES

  • images
    बैशाख ८ र १० गते तेस्रो लगानी सम्मेलन गर्दै सरकार

     

    काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले आगामी वैशाख ९ र १० गते तेस्रो लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएका छन् । तेस्रो लगानी सम्मेलन २०८१, निर्देशक समितिको पहिलो बैठकमा उनले काठमाडौंमा उक्त सम्मेलन गर्ने गरी तयारी भइरहेको बताएका हुन् ।

    उनले भने, ‘विदेशी लगानीकर्ताहरु निजी क्षेत्रसँग जोडेर ल्याउनु पर्ने छ, यसमा उहाँहरुको ठूलो भूमिका छ, यसमा सरकारको भन्दा पनि ठूलो भूमिका निजी क्षेत्रको देखिन्छ । बैशाख ९, १० सम्मेलन गर्न लागेका छौ । हामी तयारीमा लागेका छौ ।’

    उनले लगानी भनेर ठूला ठूलालगानीलाई मात्रै नभएको भन्दै रोजगार सिर्जना गर्ने, विभिन्न उत्पादनका क्षेत्रमा मद्दत गर्ने, धेरै उद्योग व्यवसाय छिमेकी देशबाट ल्याउने सबैलाई मध्यनजर गर्दै काम गर्ने तयारी रहेको बताए ।

    उनले भने, ‘विदेशी लगानीको मात्रै हामी कुरा गरिरहेका छौ । यसमा नेपालकै लगानीकर्ताहरुको पनि उपस्थिति आवश्यक हुन्छ । गैरआवासीय नेपालीहरुले पनि नेपालमा लगानी गर्ने गरेका छन् । साना लगानीकर्ताहरुलाई पनि ल्याउने कुरा हाम्रो अर्को काम हुन्छ । स्थानीय, विदेशी र गैरआवासीय लगानीकर्तालाई जोडेर जाने र उहाँहरुलाई सहज बनाउने काम गर्छौ ।’

    लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त समितिको पहिलो बैठक आज बसेको हो । लगानी सम्मेलन आयोजना गर्न मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ ।

    सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिनेलगायत काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत् गरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend