२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • आइतबार, मंसिर १० २०८०
  • 8.2K
    SHARES

  • images
    कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा


    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थापक सेयरधनी लीलाबहादुर गुरुङको नाममा रहेको ९१ हजार ६ सय ३८ कित्ता सेयर बिक्रीका लागि राखेको हो।

    नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयर बिक्रीको पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई नै दिनुपर्ने व्यवस्था छ। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले ३५ दिन भित्र निवेदन दिन सक्ने बैंकले जनाएको छ।

    निवेदन बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं टंगाल आइपुग्ने गरि पेस गर्नु पर्नेछ। सेयरको मूल्य बिक्रेताले तोके अनुसारको हुने बैंकले उल्लेख गरेको छ।

    ३५ दिनभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि पर्याप्त आवेदन नपरे सो सेयर संस्थापक सेयरधनीहरु भन्दा बाहिरका लगानीकर्ताहरुमा बिक्री गरिने छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend