२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सर्वोत्तम सिमेन्टको शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • आइतबार, मंसिर १० २०८०
  • 9.3K
    SHARES

  • images
    सर्वोत्तम सिमेन्टको शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन


    काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मङ्सिर ६ गतेदेखि बुक बिल्डिङ्ग विधिमार्फत पहिलो पटक आईपीओ निष्कासन गरेको थियो । कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन गरेको हो ।

    कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रूपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत दरको २४ लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्ताहरूमा विक्री गर्न कम्पनीले बोर्डबाट स्वीकृति पाएको हो । योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री पछि सर्वसाधारणमा ६० प्रतिशत आईपीओ विक्रीका लागि कम्पनीले पुनः आवेदन दिनेछ ।

    योग्य संस्थागत लगानीकर्तामा जारी भएको शेयरको विक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रूपैयाँदेखि ६०१ रूपैयाँ ५० पैसा तोकिएको छ । तोकिएको मूल्यमा योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्कासित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ । कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गर्नुपर्नेछ ।

    कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरिनेछैन् ।

    संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँटपछि बाँकी रहेको ३६ लाख कित्ता आईपीओमध्ये ८ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दालाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ । कम्पनीको आईपीओ निष्कासनमा लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले वित्तीय दायित्व बहन गर्ने मध्यम स्तरको क्षमता रहेको संकेत गर्दछ ।

    यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं। ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend