२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद शेयर बिक्री खुला


सञ्चार डबली
  • आइतबार, मंसिर १० २०८०
  • 9.0K
    SHARES

  • images
    घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद शेयर बिक्री खुला


    काठमाडौं । आजदेखि घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गरेको हो।

    जस अनुसार कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको हो। यस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयर धनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

    यसका साथै नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend