२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गरिमा विकास बैङ्कको १७ औँ बार्षिकोत्सव : रक्तदानदेखि देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना


सञ्चार डबली
  • बिहीबार , मंसिर ७ २०८०
  • 8.1K
    SHARES

  • images
    गरिमा विकास बैङ्कको १७ औँ बार्षिकोत्सव : रक्तदानदेखि देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना

    सञ्चार डबली
    बिहिवार, मंसिर ७ २०८०
    काठमाडौँ । गरिमा विकास बैङ्क लिमिटेडले मंसिर ७ गते, स्थापनाको १६औँ बर्ष पूरा गरि १७औँ बसन्तमा प्रवेश गरेको छ । 'Access to All'’ मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैङ्किङ्ग सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैङ्कले बार्षिकोत्सवको अवसरमा सेवाग्राही, शेयरधनी, नियमनकारी निकायहरू, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ । 

    काठमाडौँको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैङ्कले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरूमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैङ्किङ्ग सेवा प्रवाह गरिरहेको छ ।

    हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैङ्कले ८० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने करिब ६८ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

    करिब ८ लाख ग्राहकहरूलाई सेवा पु(याइरहेको यस विकास बैङ्कले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरूमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ । यस विकास बैङ्कले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौँको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन निम्न १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ :

    १. रक्तदान कार्यक्रम : विकास बैङ्कको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १०९ युनिट रगत सङ्कलन भएको छ । 

    २. रक्तदान कार्यक्रम : विकास बैङ्कको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट १५२ युनिट रगत संकलन भएको छ । 

    ३. रक्तदान कार्यक्रमः विकास बैङ्कको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १०५ युनिट रगत सङ्कलन भएको छ । 

    ४. गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, म्याग्दीमा न्यानो कपडा वितरण 

    ५. श्री शिव पार्वती बृद्धाश्रम तथा बहुउद्धेश्य संस्था, स्याङ्जा मा न्यानो कपडा वितरण

    ६. गुरुकुल बृद्धाश्रम, स्याङ्जामा न्यानो कपडा वितरण

    ७. विर्तामोड नगरपालिका, झापाको सबै वडाहरूका लागि डस्टबिन हस्तान्तरण

    ८. भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबीन हस्तान्तरण

    ९. श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरूका लागि स्कुल ब्याग वितरण

    १०. अनाथ तथा असहाय महिला कल्याण समाज, रूपन्देहीको अनाथ आश्रममा आवश्यक ईन्भर्टर हस्तान्तरण

    ११. प्रशान्ति बृद्धाश्रम केन्द्र (सुर्खेत)लाई आवश्यक बेड हस्तान्तरण

    १२. ट्राफिक व्यवस्थापनलाई थप सहजिकरण हेतु क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना

    १३. वित्तिय जागरुकताका लागि नेशनल इन्फोटेक कलेज, विरगंजमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना

    १४. सेती प्रादेशिक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका विरामीहरूलाई फलफूल वितरण

    १५. काठमाडौंको बुढानिलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण

    १६. नेपाल प्रहरी अनाश्रीत गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण

    १७. अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend