२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंकले सार्वजनिक गर्यो स्वास्थ्य बीमा सहित ‘गज्जबको बचत’ खाता योजना 


सञ्चार डबली
  • बुधबार, मंसिर ६ २०८०
  • 9.4K
    SHARES

  • images
    कुमारी बैंकले सार्वजनिक गर्यो स्वास्थ्य बीमा सहित ‘गज्जबको बचत’ खाता योजना 


    काठमााडौं। कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितको “गज्जबको बचत खाता” योजना सार्वजनिक गरेको छ । न्युन्तम मौज्दात १ हजार रुपैयाँ रहेको यस खातामा बैंकले उच्च ७.५१ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै २० हजार रुपैंयासम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट–डेबिट कार्ड समेत उपलब्ध गराउने जनाएको छ ।

    बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

    बैंकले आफ्ना बचत खाताहरूमा थप परिमार्जन तथा स्तर वृद्धि गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको छ ।

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend