२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंक लिमिटेडको जुम्ला शाखा सञ्चालनमा, कति पुग्यो शाखा संख्या ?


सञ्चार डबली
  • मंगलबार, मंसिर ५ २०८०
  • 8.3K
    SHARES

  • images
    कुमारी बैंक लिमिटेडको जुम्ला शाखा सञ्चालनमा, कति पुग्यो शाखा संख्या ?


    काठमाडौं । कुमारी बैंकले जुम्लामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा ‘जुम्ला शाखा २०८०’ मंसिर ४ गतेबाट सञ्चालनमा ल्याएको हो ।

    बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको बताएको छ । यससँगै बैंकका शाखा संख्या ३ सय ९ पुगेको बैंकले जानकारी दिएको छ ।

    बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना रहेको बताएको छ ।

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend