२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लोकप्रिय टेक्नोका दुई नयाँ फोन पोभा ५ र क्यामोन २० बजारमा


सञ्चार डबली
  • मंगलबार, मंसिर ५ २०८०
  • 7.7K
    SHARES

  • images
    लोकप्रिय टेक्नोका दुई नयाँ फोन पोभा ५ र क्यामोन २० बजारमा


    काठमाडौं । अन्तराष्ट्रिय बजारमा निकै लोकप्रिय टेक्नो मोबाइलका दुई नयाँ फोन पोभा ५ र क्यामोन २० नेपाली बजारमा पनि उपलब्ध हुने भएका छन्। टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यी दुई मोबाइल नेपाली उपभोक्ताको आवस्यकता र रोजाईलाइ मध्यनजर राख्दै नेपाली बजारमा भित्र्याएको जनाएको छ।

    पोभा मोबाइल सिरिज अन्तर्गतको पछिल्लो नयाँ संस्करण पोभा ५ विशेष गरि मोबाइल गेमिङ्गमा रुचि राख्नेहरुले निकै रुचाउनेमा वितरक कम्पनि विश्वस्त छ। ८ं८ जिबिको र्याम, १२८ जिबिको इन्टरनल स्टोरेज र ४५ वाटको चार्जर सहितको यो मोबाइलले अल्टिमेट गेमिङ्गको अनुभव दिनेछ। ६००० एमएएचको ब्याट्रीका साथ आउने पोभा ५ ६.७८ इंच एफएचडी प्लस डट इन डिस्प्लेमा उपलब्ध छ। यसमा जडित भ्यापर च्याम्बरले फोन नतात्ने र ६ एनएम प्रोसेसरले ल्यागिङ्ग समस्या पनि नहुने वितरक कम्पनीको भनाइ छ। ५० मेगा पिक्सेलको एच डि डुअल रेअर क्यामेरा पोभा ५ मोबाइलको अर्को आकर्षक फिचर हो।

    त्यसैगरी फोटो या भिडियोग्राफीमा रुचि राख्नेहरुको रोजाइमा पर्ने सम्भावना बोकेको मोबाइल हो, क्यामोन २० मोबाइल। ६४ मेगा पिक्सलको सुपर नाइट रेयर क्यामेरा र ३२ मेगा पिक्सलको ए आई सेल्फी क्यामेराको साथमा क्यामोन २० आकर्षक ७.८ मिमि पातलो डिजाइनमा उपलब्ध छ। ६.६७ इन्चको डिस्प्लेमा नै रहेको फिंगर प्रिन्ट सेन्सरका साथमा ३३ वाटको चार्जर, यो मोबाइलको अर्को आकर्षक फिचर हो। क्यामोन २० को ५००० एमएएचको ब्याट्री र ८ं८ जिबि र्यामले प्रयोगकर्तालाइ अभुतपुर्व अनुभव दिने वितरक कम्पनीको भनाई छ।

    नयाँ प्रविधिको प्रयोग गर्न र नौलो अनुभव गर्न सधैँ उत्साहीहरुका लागि टेक्नोका यी दुई फोन, पोभा ५ र क्यामोन २० सहि र उचित रोजाई बन्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend