२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

२३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक


सञ्चार डबली
  • सोमबार, मंसिर ४ २०८०
  • 8.8K
    SHARES

  • images
    २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक


    काठमाडौं। आज नेपाल राष्ट्र बैंकले २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मङ्सिर ५ गते जारी गर्नेगरी २८ दिने र ९१ दिने र १८२ दिने गरी तीन किसिममा कूल २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

    बैंकद्धारा जारी सूचनाअनुसार कूल ट्रेजरीमध्ये ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ जारी गरिनेछ भने बाँकी २० अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानै ट्रेजरी नवीकरण गरिनेछ । २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ छुट्टाएको छ भने ९१ दिनेका लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिनेका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि आज दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिक्री भने मंगलबार अर्थात् मङ्सिर ५ गते हुनेछ । यसअघि केन्द्रीय बैंकले कात्तिक २४ गते १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend