२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


सञ्चार डबली
  • सोमबार, मंसिर ४ २०८०
  • 8.7K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


    काठमाडौं। नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांशको घोषण गरेको छ ।नेपाल एसबिआई बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले गत आवको नाफाबाट १०.५५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा ३.७५ प्रतिशत बोनस र कर सहित ६.८० प्रतिशत नगद लाभांश दिने भएको छ ।

    बैंकको हाल चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend