२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एसियाको ‘ग्रोथ फण्ड २’ नामक अर्को ‘म्युचुअल फण्ड’ निस्कासन


सञ्चार डबली
  • सोमबार, मंसिर ४ २०८०
  • 9.4K
    SHARES

  • images
    एनआईसी एसियाको ‘ग्रोथ फण्ड २’ नामक अर्को ‘म्युचुअल फण्ड’ निस्कासन


    काठमाडौं । एनआईसी एसिया बैंकको ‘ग्रोथ फण्ड २’ नामक अर्को ‘म्युचुअल फण्ड’ आजदेखि निस्कासन गरिएको छ । दोस्रो बजारमै अधिकांश म्युचुअल फण्डको मूल्य १० रुपैयाँभन्दा तल झरेको अवस्थामा ‘एनआईसी एसिया ग्रोथ फण्ड २’ नामक म्युचुअल फण्ड निस्कासन गरिएको हो ।

    म्युचुअल फण्डमा सर्वसाधारण लगानीकर्ताले छिटोमा मंसिर ७ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्ने छन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीले यो योजनालाई ‘ए माइनस’ रेटिङ प्रदान गरेको छ । यसले योजनाको लगानीमा कम जोखिम रहेको जनाउँछ ।

    प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १०० इकाइका लागि अर्थात् १ हजार रुपैयाँ आवेदन दिन सकिन्छ । ८ करोड ५० लाख इकाइ सर्वसाधारण तथा संघसंस्थाका लागि सोमबारदेखि निस्कासन भएको छ । सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरबाट यसमा आवेदन दिन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend